'Space4K टेलिभिजन' भ्रष्टाचार विरुद्धको अभियान केन्द्रत स्याटेलाइट टिभी हो जुन इन्फोटेनमेन्ट विधा मार्फत् सक्रिय छ। हाम्रो उद्धेश्य भनेको देशको आर्थिक पारदर्शितालाई महत्व दिएर नीतिगत रुपमा तथा सामान्य रूपमा देखिएका हरेक भ्रष्टाचार विरुद्ध लड्न र नेपालको विकासमा योगदान पुर्याउनु हो। काठमाडौंको मध्य-बानेश्वरमा अवस्थित, हामी विस्तृत अनुसन्धानद्वारा पुष्टि गरिएका सही/वास्तविक समाचार र अन्य मनोरञ्जनका आकर्षक कार्यक्रमहरू सार्वजनिक गर्ने गर्दछौं।
हामी पुरानो तथा भ्रष्ट राजनीतिक शिक्षा र कर्मचारीतन्त्रमा मौलाएको चरम भ्रष्टाचारको उपस्थितिबाट उत्पन्न चुनौतिहरूलाई सवाल मात्र होइन समाधान गर्न चाहन्छौं, हामी नेपालको विकास यात्रामा एउटा उर्जावान प्रकाश थप्न प्रतिबद्ध छौं।
हाम्रो नियमित प्रसारणका विविध आयामहरुका साथ जोडिइरहनुहोस्, २४-घण्टा तालिकामा २५ वटा भन्दा बढी साप्ताहिक कार्यक्रमहरू तपाईंको मनोरन्जनको लागि सार्वजनिक भइसकेका छन्। देशका सातवटै प्रदेशहरूमा हाम्रो पूर्ण रूपमा सुसज्जित ब्यूरो र स्टुडियोहरू सहित, हामी देशभरबाट व्यापक कभरेज गर्नका लागि सक्षम छौं। ताजा समाचार, ट्रेन्डिङ बहसहरू, र रियालिटी शोहरू सहित हाम्रो मनमोहक सामग्री हाम्रो फेसबुक, ट्वीटर, इन्स्टाग्राम तथा 'लिंक ट्रि' मा समेत प्राप्त गर्नसक्नुहुनेछ। यदि तपाईको रुचि राजनीति, खेलकुद, मनोरञ्जन, स्वास्थ्य वा जीवनशैलीमा हो भने #space4ktv तपाइका लागि उपयोगी मेडिया प्लाटफर्म हो।
NEWS UPDATE
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकारमा भएकै कारण सरकारका कमीकमजोरीलाई स्वीकार गर्न नसकिने बताएका छन।
मंगलबार प्रेस युनियन बाजुराले गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शर्माले उक्त कुरा बताएका हुन।
नेपाली कांग्रेस बाजुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न पहिलो पटक बाजुरा पुगेका शर्माले भने,कांग्रेस पनि सरकारमा छ, भन्दैमा सबै कमजोरी स्वीकार्न र पक्षपोषण गर्न सकिन्न, कुन कुरामा समर्थन र आलोचना गर्ने काँग्रेस त्यसमा प्रष्ट छ ।
उनले भुकम्प पीडितको उद्दार, राहत वितरण र टहरा निर्माणका लागि लाग्ने खर्च दिने कुराको निर्णयमा सरकार जिम्मेवार बनेपनि टहरा निर्माणको काममा गम्भीर कमजोरी भइरहेको बताए ।
महामन्त्री शर्माले यो काम गर्ने बेला भएको बताउँदै पाएको जनमत र अधिकारको तीन वटै तहका सरकारले जिम्मेवार ढंगले काम देखाउनु पर्नेमा जोड दिए।
सरकार कस्को भन्ने नै छैन्, कुनै दल सरकार बाहिर छैन्, कोही स्थानीय तहको नेतृत्व गरिरहेका छन्, त कोही संघ र प्रदेशको जनताको काम र देशको स्वाभिमानको चिन्ता र सरोकार सबैलाई हुनुपर्छ उनले भने।
Happy
Sad
Surprised
Excited
Angry
